
काठमाडौं । चिकित्सकहरुले सबै बलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा चिकित्सकहरुले बलात्कार तथा यौनजन्य घटनाहरुमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे । बलात्कारका घटनामा रहेको हदम्याद हटाउन उनीहरुले जोड दिए ।
समितिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्