
काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।
बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस विस्थापित भएका छन् । पाकिस्तानमा जुन महिनादेखि जारी वर्षा र बाढीका कारण हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।
उता अष्ट्रेलियामा पनि भारी वर्षा र बाढीका कारण ५० हजार मानिस प्रभावित भएका छन् । आफ्नो सवारी साधनमा फसेका १ सय भन्दा बढी नागरिकहरुलाई लामो समयको प्रयास पछी उद्धार गरिएको छ । अष्ट्रेलियामा विगत १५ महिनाकाबीचमा चार पटक बाढी आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्