२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पोलकाे भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने प्राधिकरणको चेतावनी


65
Shares

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएकाे छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणको पोल प्रयोग गर्ने तर शुल्क नतिर्ने इन्टरनेट प्रदायकको तार काट्ने चेतावनी दिएको हाे । प्राधिकरणले सिन्धुली जिल्ला सदरमकुाम सिन्धुलीमाडीलगाएत जिल्लाका विभन्न स्थानहरुमा नियमपूर्वकको पोल भाडा नतिरी विद्युतीय पोल प्रयोग गरी अप्टिकल फाइबर सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकको नामावली सार्वजनिक गरेपछि सिन्धुलीमा ६ वटा इन्टरनेट प्रदायकको सेवा बन्द हुन सक्ने भएको छ ।

सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी लगाएतका जिल्लाभर सेवा दिंदै आएको वल्र्डलिंक, युनाइटेड र सुबिसु, गोलन्जोर, सुनकोशी र फिक्कल गाउँपालिकामा सेवा दिंदै आएको एरोनेट, दूधौली नगरपालिका क्षेत्रमा सेवा दिदै आएको निशान केवलको सोवा रोकिने देखिएकाे छ । त्यस्तै तीनपाटन गाउँपालिका क्षेत्र र कमलाखोचको डकाहामा सेवा दिंदै आएको श्रेष्ठ डिजिटल डिष्ट्रिव्युशन र दूधौलीमा सेवा दिंदै आएको हाम्रो भरोसा बहुउदेश्यीय सहकारी संस्था लिले पोल प्रयोग गरेबापत वर्षाैंदेखि बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले विद्युतीय पोल प्रयोग गरी अप्टिकल फाइबर संचालन गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने पोल भाडा वर्षौंदेखि नतिरीकन अटेर गरी इन्टरनेट सेवा प्रवाह गर्ने व्यवसाय सञ्चालन गर्दै आईरहेको सूचनामा उल्लेख गरिएको छ । त्यस्ता सेवा प्रदायकहरुको अप्टिकल फाइबर प्राधिकरणले जुनसुकै बखत पनि काट्न वा पोलबाट हटाउन सक्ने चेतावनी दिएपछि सेवा प्रदायकहरुमा खैलाबैला सुरु भएको छ ।