२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन : योगेश भट्टराई


117
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ ।

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको हो । उहाँले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरुलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताउनुभयो ।