
काठमाडौं । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाइ स्मार्ट सिटी बनाउने र त्यहाँका परम्परागत सांस्कृतिक सम्पदा संरक्षण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पद्म सुन्दर जोशीले लेखेको हिती प्रणाली पुस्तक लोकापर्ण समारोहमा उहाँले ललितपुरका हितीहरु पुनरुत्थान गर्ने संकल्प दोहोर्याउनुभयो ।
यो पुस्तक उपत्यकाको प्रचीन हिती प्रणालीमाथि लेखिएको बृहत पुस्तक हो । जसमा उपत्यकाको पानी व्यवस्थापन सम्बन्धी इतिहास, वर्तमान र भविष्यका विषयमा उल्लेख छ ।
सो अवसरमा लेखक जोशीले हिती प्रणाली भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिका लागि अकल्पनीय उदाहरण रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौ उपत्यकाका नगर प्रमुखलगायत संस्कृतिकर्मीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्