
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ ।
बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताउनुभएको हो ।
उहाँले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको बताउनुभयो ।
संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्