१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक उडानको भाडा फेरि बढ्यो


1.196k
Shares

काठमाडौं । आन्तरिक हवाई उडानको हवाई भाडा फेरि बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर एक सय ९० रुपैयाँ पु¥याएपछि वायु सेवा सञ्चालक संघ नेपालले भाडा बढाएको हो । बढेको भाडा बिहीबारदेखि लागू हुने छ ।

सबैभन्दा धेरै धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ । यस्तै, नेपालगञ्जको १३ हजार ९ सय ८०, सुर्खेतको १४ हजार ९ सय ९५, भद्रपुरको १२ हजार नौ सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ । सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको छ ।