
काठमाडौं । यसवर्ष ओखलढुंगाका किसानले रासायनिक मल विना नै धान रोपाइँ गरेका छन् ।
धान खेतीका लागि आवश्यक मल नपाएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन् ।
मनसुन समयमै भित्रिए पनि मलका लागि भौतारिँदा समेत मल नपाइएको सिद्धिचरण नगरपालिका– ४ रुम्जाटारका किसान पशुपति गुरुङले बताउनुभयो ।
मल विना नै धान रोपाइँ गरेका किसानलाई यसवर्ष उत्पादन घट्ने चिन्ताले सताएको छ ।
ओखलढुंगामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुने गरेको छ ।
जिल्लामा यसवर्ष सिंचाइ सहजता भएको ठाउँमा रोपाइँमा प्रगति देखिएको छ । तर मल अभावले यहाँका किसानलाई खिन्न बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्