५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


अवरुद्ध विद्युतीय राहदानी सेवा सुचारू


117
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी सेवा सुचारू भएको छ ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत असार १७ गतेदेखि बैतडीसहित बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र राहदानी विभागबाट मर्मत गरेपछि सुचारु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैतडीमा पहिलोपटक गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरू गरिएको थियो । हालसम्म करिब ४ सय जनाले यो सेवा लिएका छन् ।