१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्ने माओवादीको निर्णय


13
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राख्नुभएको हो ।

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उहाँले बताउनुभयो ।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई एक हप्ताभित्र आफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ ।

धेरै नकारात्मक कुराहरु मात्रै बढी प्रचार भएकाले अब आफ्नो पार्टीका मन्त्रीहरुले हासिल गरेका उपलब्धिलाई जनतामा लैजानुपर्नेमा उहाँको जोड छ । आगामी चुनावमा आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले गरेका राम्रा काम जनतामाझ लगेर स्थापित गरिने उहाँले बताउनुभयो ।