
काठमाडौं । कारोबार हुने साताको पाँचौं दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झर्दा ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा आइपुगेको छ ।
बजार घट्दा कारोबार रकममा पनि कमी आएको छ । यसदिन २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड ६२ लाखको कारोबार भयो ।
कारोबारमा आएका म्युचल फन्ड समूहबाहेक अरु सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ११५ अंकले आरोलो लाग्दा विकास बैंक ४६, निर्माण तथा प्रशोधन समूह ४३ अंकले ऋणात्मक छन् ।
यसदिन कुनै पनि कम्पनीले सकरात्मक र नकारात्मक सर्किट हानेका छैनन् । सबैभन्दा बढी कारोबार भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल कम्पनीको ७ करोड ६५ लाख रुपैयाँको भएको छ ।
प्रतिक्रिया दिनुहोस्