
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्र्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
उहाँले किसानले मल कहिले पाउँछन ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो । सांसद संग्रौलाले बाढि, पहिरो पीडितहरुलाई राहत दिने तथा उद्दार गर्ने र प्रकोप न्यूनिकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ नि जिज्ञासा समेत राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्