१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटामा हस्ताक्षर अभियान


130
Shares

धनकुटा । गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लामा बृहत् हस्ताक्षर अभियान सुरु भएको छ ।

गाँजा वैधानिक महाअभियान नामक समूहले धनकुटा सदरमुकामको मदनचोकबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

हस्ताक्षर अभियानमा संघीय सांसद, प्रदेश सांसद, व्यवसायी, विद्यार्थी लगायत सहभागी भएको अभियानका संयोजक तीर्थ राईले जानकारी दिनुभयो ।

गाँजा बाट विभिन्न प्रकारका औषधि, तेल, कपडा, जुत्ता बन्ने भएकोले त्यसबाट हजारौंले रोजगारी पाउने देशकै आर्थिक समृद्धि हुने अभियानको माग छ ।

जिल्लाभर हस्ताक्षर अभियान संकलन गरी नेपाल सरकारलाई बुझाउने गाँजा वैधानिक महाअभियान, खाल्सा छिन्ताङ्ग धनकुटाले जनाएको छ ।