२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुरक्षित बसोबासका लागि राष्ट्रिय मापदण्ड बनाउनुपर्छ : उर्मिला अर्याल


13
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोबासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले बर्षा यामको समयमा बाढी तथा पहिरोका कारण धेरै अव्यवस्थित बसोबासलाई बगाउने र ठूलो जनधनको क्षति हुने भएकाले बसोबासलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सुरक्षित बासस्थानको लागि राष्ट्रिय मापदण्डसहितको नक्शांकन गर्नुपर्ने बताउनुभयो । सो मापदण्डलाई पालिकाहरुले कार्यान्वयन गराउने उहाँले बताउनुभयो ।

यसो गर्न सकेमा बर्षा याममा हुने जनधनको क्षति रोक्न सकिने उहाँले उल्लेख गर्नुभयो । सांसद अर्यालले सडकपेटीमा बसेर व्यापार गर्नेहरुको जीविकोपार्जनका लागि सरकारले सहज वातावरण तयार गरिदिनुपर्ने बताउनुभयो ।

उहाँले बढ्दो सडक दुर्घटनालाई रोक्नका लागि पनि राष्ट्रिय नीति नै आवश्यक रहेको बताउनुभयो । भएका नीति, नियमको पनि कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।