
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सवारी साधनको जाँचपासमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सवारी साधनको जाँचपासमा लापरबाही हुने गरेका कारण सवारी साधनको दुर्घटना बढेको बताउनुभयो ।
उहाँले आर्थिक लेनदेनका आधारमा सवारी साधनको जाँचपास गरिने गरेको र बिग्रिएका सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।
जाँचपास केवल कागजपत्र देखाउनका लागि मात्रै गरिने गरिएकाले यसमा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै सार्वजनिक सवारी साधनहरूले यात्रुलाई खुद्रा पैसा नभएको भनि मनलाग्दी भाडा असुल्ने गरेकाले त्यसलाई पनि नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले दैनिक उपभोग्य वस्तुमा समेत अत्याधिक मूल्यवृद्धि भइरहेकाले सरकारले पसलहरूमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्