१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सुझाव


182
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको हो ।

सिबिफिनले मौद्रिक नीतिमा राष्ट्र बैंकले तीन वटा माग प्रमुख रुपमा उठाएको छ । जसमा बैंकको सिडि रेयियो ५ प्रतिशत बढाउने वा सिसिडी रेसियो कायम गर्ने, बैंकले कर्जा बिस्तार उत्पादनमुलक क्षेत्रमा मात्रै सबैभन्दा बढी गरेर उत्पादन उद्योग र आयात कर्जाको व्याज दर फरक–फरक बनाउनु पर्ने र रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी वा सञ्चितिमा लैजानु पर्ने सुझाव दिएको छ ।

सिबिफिनले मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा लगानी बिस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्न राष्ट्र बैैंकलाई सुझाव दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सिबिफिनका अध्यक्ष पवन गोल्यानले मुख्य तीन माग रहेको बताउनुभयो ।

उहाँले विदेशबाट आउने रेमिट्यान्सलाई उत्पदान क्षेत्रमा लगानी र सञ्चितिमा ल्याउनु पर्ने बताउनुभयो । अध्यक्ष गोल्यानले बैंकहरुको लगानी सिडि रेसियोबाट आएको लगानी एक मात्रै उत्पादन क्षेत्रमा लगानी लगाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष गोल्यानले बैंकको सिडी रेसियो र सिसिडी रेसियोका बारेमा घरेलु तथा साना उद्यमी,उद्योग उत्पादनमुलक क्षेत्रमा कर्जा गएन भने अझै नेपाल आयातमुखी हुने बताउनुभयो । उहाँले सिडि रेसियो मौद्रिक नीतिमार्फत ९५ प्रतिशत नबनाए चलिरहेका उद्योगहरुमा पनि कर्जा नपाएर स्थिति भयावह हुने बताउनुभयो । अध्यक्ष गोल्यानले साउन महिनापछि सिडी रेसियो ९५ प्रतिशत नबनाए बैंकहरुलाई समस्या पर्ने दाबी गर्नुभयो । उहाँले सरकारदेखि नीति क्षेत्र,बैंकहरु सबैले गल्ति गरेकाले अब सबै मिलेर अर्थतन्त्र सुधार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले सिडि रेसियो कायम गर्नुपर्ने वा सिडि रेसियो ९० प्रतिशतबाट ५ प्रतिशत बढाएर ९५ प्रतिशत बनाएर कर्जा बिस्तार उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्यानले सरकारले अर्थतन्त्र सुधार गर्नको लागि साना मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको मौलिक अल्लो अहिले गोरु बाध्न प्रयोग भएको भन्दै त्यसलाई प्रशोधन गरेर निर्यात गर्न सके मात्रै अर्बौको विदेशी मुद्रा नेपालमा आउने बताउनुभयो ।

उहाँले सिबिफिनले नेपालका १० मौलिक वस्तुको उत्पादन र निर्यात गर्नसक्ने सम्भावनाको अध्ययन गर्ने तयारी गरेको बताउनुभयो ।