
काठमाडौं । अनलाइन खरिद प्लेटफर्म, दराजले इ–कमर्सका उपलब्धिबारे समीक्षा गर्न हालै दराज समिट आयोजना गरेको छ ।
सम्मेलन विगत दुई दशकमा इ–कमर्स उद्योगले हासिल गरेका उपलब्धिहरुको समीक्षा गर्ने एक वार्षिक अवसर रहेको कम्पनीको भनाइ छ ।
साथै नेपालको इ–कमर्स इकोसिस्टमको वर्तमान गतिशीलतालाई थप परिस्कृत गर्न र इ–कमर्स समुदायले नेपालको उत्थानमा खेल्न सक्ने भूमिकाहरू अन्वेषण गर्न समिट उपलब्धिमूलक हुँदै आएको समेत बताइएको छ ।
यस वर्षको दराज समिटमा व्यवसायको डिजिटल हुने क्रममा भोग्नु पर्ने चुनौतीहरूलाई कसरी अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्नेबारेमा विशेष छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्