२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलले निर्माण गरेको ‘रिङरोड ग्रीन बेल्ट’को उद्घाटन


156
Shares

काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको छ ।

कम्पनीले हालै रिङरोड ग्रीन बेल्टको उद्घाटन गरेको हो । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको बताइएको छ ।

एनसेलले ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको काम सकेर हाल यस क्षेत्रको संरक्षणको काम भइरहेको छ ।

यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने जनाएको छ ।