
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारीका लागि शुक्रबार मूल आयोजक कमिटीको बैठक बस्दैछ ।
खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिता तयारीको छलफलका लागि बैठक बोलाउनुभएको हो । बैठकमार्फत कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने मन्त्री गहतराजको योजना छ ।
गण्डकी प्रदेशमा यसै वर्ष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको सरकारले सोही अनुसार तयारी अघि बढाएको हो ।
मन्त्रिपरिषद् बैठकले जेठ २२ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर स्थानीय चुनाव, सार्वजनीक खरिद ऐन, विद्यार्थीको परिक्षा, वर्षाको मौसम र आवश्यक तयारी नपुग्ने लगायतका विभिन्न कारण देखाउँदे प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्मका लागि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्