१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ३ सिफ्टमा सेवा विस्तार गर्ने


325
Shares

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि असार २६ गतेबाट तीन सिफ्टमा सेवा विस्तार गर्ने भएको छ ।

पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्न थालेपछि तीन सिफ्टमा सेवा विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हाे । यहि असार २६ गतेबाट लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै खाले सेवाहरु संचालन हुने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

स्थानीय तहसँगको समन्वय र सहयोगमा थप जनशक्ति व्यवस्था भएको हुँदा राहदानी र राष्ट्रिय परिचयपत्रका सेवासमेत संचालन हुने कार्यालयले जनाएको छ ।