१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार


806
Shares

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ ।

शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । गोली प्रहार भएपछि उहाँ अचानक ढल्नुभयाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो । पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगिरहेको देखिएको जनाइएकाे छ । प्रहरीले आक्रमणकारीलाई भने पक्राउ गरिसकेकाे छ ।

मिडिया रिपोर्टका अनुसार उहाँको छातीमा दुई वटा गोली लागेको छ । साेही घटनापछि उहाँलाई अस्पताल लगिएको जनाइएकाे छ । तर उहाँको स्वास्थ्य अवस्थाकाे विषयमा भने अहिलेसम्म केही थाहा हुन सकेको छैन् । गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन् । ६७ वर्षीय पूर्वप्रधानमन्त्री आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका हुनुहुन्छ । उहाँ सन् २००६–०७ मा प्रधानमन्त्री हुनुभएकाे थियाे । उहाँलाई आक्रामक नेताकाे रुपमा पनि लिने गरिन्छ ।

अल्सरेटिभ कोलाइटिस र आन्द्राको रोगले उहाँलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनसमेत बाध्य बनाएकाे थियाे।