३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण


598
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनका बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।