१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतको मुम्बइमा भारी बर्षा


793
Shares

एजेन्सी । भारतको मुम्बइमा भारी बर्षा जारी रहेकाले बाढी आउन सक्ने भन्दै सचेत तुल्याइएको छ ।

भारतको मौसम विभागले मुम्बई शरह र यसका छिमेकी जिल्लाहरुम भारी बर्षा जारी रहेकाले विपत्ति निम्त्याउन सक्ने भन्दै रेड अलर्ट जारी गरेको हो ।

भारतका विभिन्न शहरमा भारी बर्षाका कारण जनजीवन ठप्प भएको छ । बर्षाका कारण कयौं घरहरु डुबानमा परेका छन् ।

भारतमा हरेक वर्ष मनसुन सुरु भएपछि बाढी आउने भएतापनि यो वर्ष औसतभन्दा बढी बर्षा भएकाले सबैलाई सचेत तुल्याएको छ ।

विश्वमा भएको जलवायु परिवर्तन र अनियन्त्रित शहरी विकासले पछिल्लो वर्षहरुमा बर्षा झन तीब्र भएको मौसमविद्हरुले बताएका छन् । बर्षाका कारण घर डुबानमा परेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।