
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै गरेको को.२त. ३९६१ नम्बरको ट्याक्टर लेगुवा खाँदवारी सडक खण्डको दुमकटामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा चैनपुर नगरपालिका १० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका ९ का ४६ वर्षीय केशव कार्की छन् ।
उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।
घाईते अन्य ४४ जनाको जिल्ला अस्पताल खाँदवारी र मनकामना पोलीक्लिनिक तुम्लिङटारमा उपचार भइरहेको छ ।
ट्याक्टरको लोडपिन अचानक भाँचिएपछि डाली पल्टिएर दुर्घटना भएको बताइएको छ । ट्याक्टर चालक चैनपुर नगरपालिका १० का मोहनकुमार तामाङलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्