
काठमाडौं । भारतको कश्मिर राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
कश्मिरको अमरनाथ गुफा नजिकै आएको बाढीका कारण भौतिक संरचनाहरु समेत बगाएको छ। हिन्दुहरुको मन्दिर नजिकै बनाइएका संरचनाहरु बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्षाको समयममा याे गुफा आसपास करिब १० हजार मानिस रहेको बताइएको छ ।
सोही क्षेत्रमा करिब २० देखि ३० वटा अस्थायी शिविरमा मानिसहरु रहेको त्यहाँका सुरक्षाकर्मीहरुले बताएका छन् । प्रकोप व्यवस्थापन विभागले सोही क्षेत्रमा अझै धेरै मानिसहरु हराइरहेकाले खोजी जारी रहेको जनाएको छ । बेपत्ता भएकाहरुको खोजी भइरहेको कश्मिरका प्रहरी प्रमुख विजयकुमारले बताउनुभयाे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति शोक व्यक्त गर्दै घटना दु:खद भएको बताउनुभएको छ । सोही अमरनाथ गुफामा जुन महिनाबाट तीर्थयात्रा सुरु हुनेगर्छ ।
सोही क्षेत्रमा हिन्दुहरुले पूजा गर्ने बताइएको छ । हिन्दुहरुले शिवको अवतारको रुपमा रहेको प्राकृतिक आइस स्ट्यालेग्माइट लिंगमा पूजा गर्ने गर्छन् । ४५ दिनसम्म चल्ने सोही तीर्थयात्रामाहरेक वर्ष भारतबाट लाखौं हिन्दु धर्मावलम्बीहरु सहभागी हुने गरेका छन् । भारतीय अधिकारीहरुले आगामी दिनमा ४३ दिनमा करिब १० लाख भारतीयले सोही क्षेत्रको भ्रमण गर्ने अनुमान रहेको बताएका छन् । प्रतिकूल मौसमका कारण प्रत्येक वर्ष सोही क्षेत्रमा तीर्थयात्रा गर्नेहरुको मृत्यु हुने गरेको छ ।
सन् १९९६ मा हिम पहिरोमा परेर २ सय ५० भन्दा बढी तीर्थयात्रीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्