१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


312
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको छ। बाँकी भू-भागमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा सामान्यदेखी पूर्णरुपमा बदली रहनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानका भारी वर्षाको समेत सम्भावना रहेको छ ।त्यस्तै, शनिबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ । देशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।