२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


धनकुटामा काठ निकासी बढ्यो


221
Shares

धनकुटा । धनकुटामा पछिल्लो समय काठ निकासी बढ्दै गएको छ ।

निजी जग्गामा खाध्य बाली भन्दा वन विस्तार गर्ने क्रम बढेसँगै वर्षेनी काठ निकासी बढ्दै गएको हो । ग्रामिण क्षेत्रसम्म सडक सञ्जाल विस्तार हुनु र खाध्य बाली लगाउने जग्गामा समेत वन लगाउँदै गएपछि धनकुुटाका निजी वनबाट खयर, सल्लो, उत्तिस, चिलाउने, कटुस र सिरिस लगायतका प्रजातिको काठको गोलिया निकासी बढेको हो ।

गत आर्थिक वर्ष २०७८ मा धनकुटाबाट २२ लाख ७१ हजार ३ सय ३३ क्यूविक फिट काठ निकासी भएको थियो । साथै चालूआर्थिक वर्षको १० महिनामै २५ लाख ६४ हजार ९ सय क्यूविक फिट काठ निकासी भएको डिभिजन वन कार्यलय धनकुटाले जनाएको छ । धनकुटाको ३८ हजार ३ सय ५५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ ।