
काठमाडौं, बैशाख २३ । संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाले नवनियुक्त महासचिव डा. गौतमलाई शपथ दिलाएका हुन् । संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समितिका सभापतिहरुको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्