
काठमाडौं । भक्तपुरको सिर्जनानगरस्थित युरो किड्स स्कूलकी संस्थापक प्रिन्सिपल सम्झना गिरी ‘अमेरिकन प्रिन्सिपल अफ द ईयर अवार्ड २०२१’ बाट सम्मानित हुनुभएको छ ।
निकै लामो समयसम्म अष्ट्रेलियामा बसेर नेपाल फर्किनु भएकी उहाँले सन् २०७२ मा युरो किड्स स्कूल स्थापना गर्नुभएको थियो । स्कुलले यसअघि सन् २०२० मा ‘बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड’ पनि पाई सकेको छ ।
अहिले यस स्कुल भक्तपुर, काठमाडौं र ललितपुरमा समेत खोलिएको छ । शिक्षा क्षेत्रमा अग्रणी, शैक्षिक गुणस्तर राम्रो र पर्याप्त आधुनिक शैक्षिक सामाग्री उपलब्ध हुने भएकाले पनि यो स्कुलको शाखाहरु बढ्दै गएका छन् ।
प्रिन्सिपल गिरीले शिक्षामा आफूले गरेको मेहनतको सम्मान पाउँदा खुशी लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्