
काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर १, २, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ वटै वडाको वडाध्यमा एमाले उम्मेदवार विजयी भएका हुन् । बुढीगंगामा १० वटा वडा छन् ।
अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन् ।
मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतसहित अगाडि हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा एमालेकी माया कुमारी खड्काले २ हजार ४१७ मत ल्याउँदा नेपाली कांग्रेसकी रीता शाहीले १ हजार ३१२ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्