८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकियो


52
Shares

काठमाडौं । बागमती प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सकिएको छ ।

प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टरमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा धेरै काठमाडौंमा ८० प्रतिशत र कम धादिङमा ११ प्रतिशत रोपाइँ भएको छ ।

बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।