
ओखलढुंगा । जिल्लामा कोरोना संक्रमितको स्वाब परीक्षणका लागि खरिद गरिएको पीसीआर मेसिन एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।
पीसीआर मेसिन राख्ने मापदण्ड अनुसारको पूर्वाधार निर्माण गर्न करिब ८० लाख लाग्ने भएपछि खर्च अभावमा जिल्ला अस्पताल रुम्जाटारले मेसिन थन्क्याएर राखेको सूचना अधिकारी उमा गुरुङले जानकारी दिनुभयो ।
मेसिन सञ्चालनका लागि दक्ष जनशक्तिसमेत अभाव देखिएको छ । तीन जना माइक्रोबायोलोजी इन एमएससी र अन्य २ गरी ५ जना जनशक्ति आवश्यक भए पनि अस्पतालमा दरबन्दी नभएपछि मेसिन सञ्चालनमा थप अन्योलता छाएको हो ।
प्रदेश सरकारले २५ लाख रुपैयाँ पठाएपछि अघिल्लो आर्थिक वर्षमै मेसिन खरिद गरिएको थियो ।
जिल्लाका कोरोना संक्रमितको स्वाब परीक्षणका लागि काठमाडौं, विराटनगर, धुलिखेल लगायतका ठाउँमा लगिँदै आएको छ । जसले गर्दा रिपार्ट आउन लामो समय लाग्छ ।
प्रतिक्रिया दिनुहोस्