२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु


611
Shares

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ ।

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् ।

भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौं घर डुबानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन्। बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन् ।