
web pic
काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा आज (आइतबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा खनाल फिदिमको भएकाे प्रहरीले जनाएको हो । खनाल सवार बा ४२ प १२८ नम्बरको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
साेही दुर्घटनाकाे विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्