१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा कोभिड प्रभावितलाई नगद र राेजगारी प्रदान


195
Shares

सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिड–१९ का कारण प्रभावित भएका मानिसलाई राेजगारी र नगद प्रदान गरेको छ ।

फिक्कल गाउँपालिका-३ मा रहेका कोभिड–१९ का प्रभावित मानिसहरूलाई नगद प्रदान गरिएको हो । विगतमा कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको छ ।

फिक्कल गाउँपालिका-३ को कार्यालय, रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले नगद योजनाबाट वडा कार्यालय र स्वास्थ्य चौकीमा पहिरोको जोखिमबाट जोगाउन पर्खाल निर्माण गरिएको परियोजनाले जनाएको छ ।

सोही कार्यक्रम अनुसार अति विपन्न, एकल महिला-पुरुष भएको परिवार, गर्भवती-सुत्केरी परिवार, कोभिड–१९ प्रभावित-मृत्यु, अस्पताल भर्ना, प्रभावित, कोभिडका कारण राेजगारी गुमाएका परिवार र अपांगता भएका परिवारका सदस्यहरूलाई नगद योजनामा समावेश गरिएको हो ।

कोभिड–१९ ले गर्दा घरमा आर्थिक संकट भएको २५ विपन्न परिवारको सदस्यलाई कामको लागि नगद योजना मार्फत आर्थिक टेवा समेत पुग्ने अपेक्षा गरिएको छ ।