२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपा औपचारिक फुट नजिक, भट्टराई र यावद पक्षले बोलाए छुट्टाछुट्टै बैठक


13
Shares

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद फुट नजिक पुगेको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजन नजिक पुगेको हो ।

भट्टराई र यादव पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ भने यादव पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जनाइएको छ ।

‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’–विज्ञप्तिमा भनिएको छ ।