८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एन्फा कार्यसमितिको बैठक साउन २ गते बस्ने


13
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ ।

नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक आगामी साउन २ गतेका लागि बोलाइएको हो ।

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल) बैठकको मुख्य एजेन्डा रहने बताइएको छ । महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि १५ गतेसम्म नेपालमा आयोजना हुँदै छ । तर, अहिलेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने की राजधानी बाहिर गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

बैठकमा यस विषयको टुंगो लगाइने एवं आयोजक कमिटि गठनको विषयमा छलफल हुने जनाइएको छ । यस्तै, पछिल्लो समय ए डिभिजनका असन्तुष्ट ४ क्लब र फ्रेन्चाईज फुटबल एनएसएल विवादका विषयमा पनि छलफल हुने छ ।

’ए’ डिभिजन क्लबका ४ क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) ले एनएसएलसँगको सम्झौता रद्दका लागि दबाब दिइरहेका छन् भने एन्फाले सम्झौता रद्दका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ ।