
जनकपुर । मधेस प्रदेश सभाले आर्थिक वर्ष २०७९/८० का लागि ल्याइएको बजेट सर्वसम्मतले पारित गरेको छ ।
आइतबार बसेको प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ तथा कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । असार १ मा मधेस प्रदेशका अर्थमन्त्री साहले आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थयो ।
बजेट पारित भएसँगै प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्