१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको अनुसन्धान भइरहेको छ : अध्यक्ष सुवेदी


156
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उहाँले सरकारले बेपत्ता भएका व्यक्तिको सत्यतथ्य पत्ता लगाएर हराएको हो भन्ने निर्णय गर्नुपर्ने र सत्य नबुझि गैरजिम्मेवार बन्न नहुने बताउनुभयो ।

ऐनमा पीडक भन्ने भाषा राख्नेबित्तिकै आतंकित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै पीडितलाई राज्यको संविधानले भने बमोजिमका अधिकार दिनमा कन्जुस्यांँइ गर्न नहुने उहाँको भनाइ थियो ।

उहाँले बेपत्ता परिवारका सदस्यहरुले आफ्नो पालिकामा गएर संविधानले तोकेका हक अधिकार माग्न पनि आग्रह गर्नुभयो ।