
धनकुटा । धनकुटा नगरपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका छात्रहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
६ जना बालिकामाथि पटक-पटक यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक चन्द्रकुमार राई आइतबार राति पक्राउ परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायव उपरीक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो ।
शिक्षक राईले पटक-पटक सोही विद्यालयमा अध्ययनरत १३ देखि १६ वर्ष उमेर समूहका बालिकाहरूलाई संवेदनशील अंगमा छाम्ने, चलाउँने र जिस्काउँने गरेको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्