२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


संघ र प्रदेशको निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल


377
Shares

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताउनु भएको छ ।

धनगढीमा आज (सोमबार) बिहान स‌ञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्ताे बताउनुभएकाे हाे । अहिले कुनै पार्टीसँग पनि एकता नगरिने उहाँकाे भनाइ छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निर्वाचन अघि नै एकता हुने भन्ने खबरलाई लक्षित गर्दै उहाँले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो । निर्वाचन अघि हाम्रो कुनै पनि पार्टीसँग एकता नहुने बताउदै अध्यक्ष नेपालले पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएकाले अहिले मुटुको धड्कन नबढाएर ढुक्क भएर बस्न समेत अनुरोध गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७ सय ५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताउनुभयो । सहकार्यका नाममा हामी अरुको आशा गरेर नबस्ने उहाँले बताउनुभयो । उहाँले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा निर्वाचन जित्ने भएकोले ति कुरा आफूहरुसँग भएको पनि दावी गर्नुभयो । यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने स‌ञ्चारकर्मीको प्रश्नमा उहाँले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने जोतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहने बताउनुभयो । उहाँले निर्वाचनमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनक ढंगले तालमेल गर्ने पनि बताउनुभयो ।

उहाँले नेपाल श्रीलंका जस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताउनुभयो