१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री पूजा हेगडेले चार गुणाले बढाइन् पारिश्रमिक


8.086k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म की चर्चित अभिनेत्री पूजा हेगडे पारिश्रमिक बढाएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, पूजा हेगडेले सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ को लागि चार गु‌णा बढी पारिश्रमिक बढाएकी हुन् । सलमान खानको यो फिल्मले सामाजिक सञ्जाल प्रयाेगकर्तामाझ चर्चामा छ ।

फिल्मको स्टारकास्ट धेरै पटक परिवर्तन भएका कारण पनि फिल्म चर्चामा आएको हो । ‘कभी ईद कभी दिवाली’ फिल्ममार्फत मोडल एवं गायिका शहनाज गिल बलिउडमा डेब्यू गर्दैछिन् ।

यसैबीच, पूजा हेगडेले आगामी फिल्म ‘जन गण मन’का लागि ५ करोडभन्दा बढी पारिश्रमिक लिएकाे खुलेकाे छ । हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुने फिल्ममा अभिनेता विजय देवरकोंडाकाे पनि मुख्य भूमिका रहनेछ ।

यसअघिका फिल्महरूमा पूजा हेगडेले २ देखि ३ करोड पारिश्रमिक लिएकाे समाचारमा उल्लेख छ । याेसँगै हेगडे दक्षिण भारतीय फिल्म उद्योगकी धेरै पारिश्रमिक लिनेमध्येकी एक अभिनेत्री बनेकी छिन् ।

हालसम्म दक्षिण भारतीय अभिनेत्रीहरूले सबैभन्दा धेरै करिब ७ करोड पारिश्रमिक लिएका छन् ।

पूजा हेगडेले सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा कति पारिश्रमिक लिएकी छन् त्यो भने औपचारिक रूपमा खुलाइएको छैन ।