१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


औद्योगिक ग्राममा छैनन् एउटा पनि उद्योग, पूर्वाधार निर्माणमा सकियो १७ करोड


208
Shares

धनकुटा । जिल्लामा निर्माण गरिएको औद्योगिक ग्राममा एउटा पनि उद्योग सञ्चालनमा आउन सकेको छैन ।

लघु, घरेलु र साना उद्योग एकत्रित गरी सञ्चालन गर्नका लागि आवश्यक भवन तथा पूर्वाधार तयार भएको वर्षौं भइसक्दा पनि एउटा पनि उद्योग सञ्चालनमा आउन नसकेको हो ।

औद्योगिक ग्राम बनाउन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण भएर सडक र भवन पूर्वाधार निर्माणका लागि १७ करोड रुपैयाँ खर्च भइसक्दा पनि उद्योग सञ्चालनमा आउन नसकेको हो ।

५२ मध्ये २७ वटा व्यापारिक भवन तीन वर्षअघि नै तयार भइसकेका छन् ।

उद्योग सञ्चालनका लागि घरेलु कार्यालयले पटक–पटक मागेको प्रस्तावमा १३ उद्यमी निवेदन परे पनि सम्झौता गर्न कोहि पनि नआएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।