१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखुल्ने


0
Shares

काठमाडौं, बैशाख २४ । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकले देशभर लगाइएको बन्दाबन्दीलाई पनि जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । बैशाख २५ गते सकिने लकडाउनलाई ११ दिन थपेर जेठ ५ सम्म पुर्याइएको हो ।

विश्वव्यापी बनेको कोरोना महामारीका कारण सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ भने त्यसयता लगातार हवाई सेवा पनि बन्द गरिएको छ ।