
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने बताउनुभएकाे छ । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक भएकाले यसलाई बोकेर हिँड्न नसकिने बताउनुभयाे ।
सोमबार ललितपुरमा आयोजित विभिन्न सञ्चारमाध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो ।
सोमबार ललितपुरमा आयोजित विभिन्न सञ्चार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो ।
सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीरसमेत गर्नुभयो ।
सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दाबी गर्नुभयो । उहाँले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै, संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाउनुभयो । उहाँले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्