
काठमाडौं, बैशाख २४ । नेपाल वायुसेवा निगमको विमान २ सय ७८ यात्रु लिएर अष्ट्रेलिया उडेको छ ।
अस्ट्रेलियाको सिड्नीका लागि उडेको नेपाल वायु सेवा निगमका लागि यो ऐतिहासिक उडान हो । निगमको विमान बुधबार दिउँसो २ सय ७८ यात्रु लिएर सिड्नीका लागि पहिलो पटक उडेको हो ।
कोरोना भाइरसको संक्रमण रोक्न लागु गरिएको लकडाउनका समयमा चार्टर्ड गरेर निगमले विमान अस्ट्रेलियाको सिड्नीमा उडान गरेको हो । यसअघि पनि अस्ट्रेलियाकै ब्रिसवेन यसैगरी उडान भरेको थियो ।
विमान नेपालस्थित अस्ट्रेलिया दूतावासले गरेको चार्टर गरेको हो । विमान काठमाडौंबाट मलेसियाको क्वाललम्पुर र क्वाललम्पुरबाट सिड्नी तथा सिड्नीबाट सीधा काठमाडौं अवतरण गर्ने नागरिक उड्डउन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
विमानमा अस्ट्रेलियाका नागरिक, नेपाली विद्यार्थी तथा त्यहीं रोजगारीमा रहेका नेपाली रहेका छन् ।
बुधबार नै निगमको अर्को विमान निजी क्षेत्रको सामान ल्याउनका लागि चीनको बेइजिङ उड्दै छ । कोरोना भाइरसविरुद्ध प्रयोग हुने औषधि तथा उपकरण लिन साँझ ५ बजे बेइजिङ जान लागेको हो ।
प्रतिक्रिया दिनुहोस्