२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुसी आक्रमणको कडा प्रतिकार गर्ने युक्रेनकाे चेतावनी


2.665k
Shares

काठमाडौं । रुसी सेनाले युक्रेनको डोनबास क्षेत्रका शहरहरु कब्जामा लिने प्रयास जारी राखेकै बेला युक्रेनले आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

यसै साता रुसले सोही क्षेत्रका विभिन्न शहरका आवासीय भवनहरुमा मिसाइल आक्रमण गर्न थालेपछि युक्रेनले प्रतिकारको चेतावनी दिएको हो । रुसी मिसाइल आक्रमणका कारण डोनबास क्षेत्रका विभिन्न आवासीय क्षेत्रमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्यसैगरी युक्रेनको ठूलो शहर खार्किभमा रकेट हमलामा हुँदा ६ जनाको मृत्यु भएकाे छ ।

पूर्वी युक्रेन पछिल्लो समय रुसी सेनाको आक्रमणको मुख्य केन्द्रबिन्दु बनेको छ । डोनेट्स्क क्षेत्रको चासिभयार शहरमा भीषण संघर्ष जारी रहेकाे छ । सोही शहरका ३ वटा आवासीय भवनहरु ध्वस्त भएका छन् । सोही शहरमा मात्रै ३ सय बढी युक्रेनी सेनाकाे मृत्यु भएको युक्रेनको दावी छ ।

रुसले युक्रेनी शहर कब्जा गर्ने क्रममा तोपखाना ब्यारेजहरु प्रयोग गरेको खुलासा भएको छ ।