१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छानविन समितिले बजेट प्रकरणका बारेमा औपचारिक रुपमा काम थाल्यो


481
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गराएको भन्ने आरोपका विषयमा छानबिन गर्न गठित विशेश समितिले आज मंगलबारबाट औपचारिक रुपमा काम सुरु भएकाे छ ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मंगलबार औपचारिक बैठक बस्ने बताउनुभयो । मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्ने लगायतका काम गर्ने छ । समिति सचिव सुरेन्द्र अर्यालले साेमबारको बैठकको एजेण्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको बताउनुभयो ।

मंगलबार औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले यहि असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो । राजनीतिक रुपमा आफूलाई बदनाम गर्न खोजिएको भन्दै उहाँले छानबिन गर्न चुनौती समेत दिनुभएको छ ।