
web pic
बैतडी । बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका – ३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिका-३ कै ४६ वर्षीय पुरन बहादुर बोहराको कुटपिटबाट गोविन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत असार २५ गते राति बोहराले कुटपिटबाट घाइते बनेका पार्कीको मंगलबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बोहरालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । विनोद सिंह विष्ट
प्रतिक्रिया दिनुहोस्