३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य अंकले सुधार


78
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार सामान्य सुुधार आयो ।

नेप्से दोहोरो अंकले सकारात्मक रहेपनि कारोबार भने २ अर्ब तलै खुम्चियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १९ सय २८ कायम भएर थामियो । सबै समूहमा हरियाली छाएपनि सय अंक कुनै समूहले छुन सकेन ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च ७४ अंकले उकालो लाग्यो । अरु अधिकांश समूह सामान्य दोहोरो अंकले सकारात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ४९ लाख बढी कित्ता शेयर जम्मा १ अर्ब ७१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३० कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने १० को स्थिर रहेको पनि नेप्सेले जनाएको छ । यस दिन सप्तकोशी डेभलेपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लगायतका लगानीकर्ताले सर्वाधिक कमाए ।